कैलालीको पचमुडिया सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् । सहायक वन अधिकृतमाथि मसो दल्ने भजनी नगरपालिका-९ बस्ने ३९ वर्षीय पहल पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जनाएको छन् ।
गत माघ १७ गते वन अधिकृत पण्डित माथि विप्लवका कार्यकर्ताको समूहले कार्यालयमै मसो दलेको थियो । उनीहरूले चन्दा आतङ्कको विरोध गरेको आरोपमा मसो दलेका थिए । पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । उनले मोसो दलिएको आफ्नो फोटो फेसबुकमा सार्वजनिक गर्दै समाज रूपान्तरणको खुला बहसमा आउन चुनौती समेत दिएका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP