सल्यानमा भिरबाट लडेर एक पुरुषको मृत्यु

माघ २६, २०७८


सल्यानमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका २ टाकुराका ४१ वर्षका शोभाराम कामीको मृत्यु भएको हो ।


घरबाट कामको लागि वडा नं १ कागखोला गएका उनी वडा नं २ स्थित घरेलीडाँडा जंगल नजिकैको भिरबाट लडेका र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनका अनुसार कामी सडकदेखि ४ सय मिटर तल खसेका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।


भिरबाट लडेर मृत्यु भएका कामीको सवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उनको भनाइ छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP