बुधवार बिहान साढे ११ बजे ईशनाथ नगरपालिका-९ की १९ वर्षकी किशोरीको गहुँवारिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । ईशनाथ नगरपालिकाको वडा-४ स्थित गहुँवारिमा १९ वर्षीय चाँदनी खातुनको शव फेला परेको प्रहरीले जनाएको छ । ‘घटना शङ्कास्पद छ, म आफैँ घटनास्थल पुगेको थिएँ,’ घिमिरेले भने, ‘किशोरीको घाँटीमा सलले कसेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । स्थानीयले देखेपछि प्रहरीलाई खबर भएको थियो ।’
मृतक किशोरीको चार वर्ष अघिनै एक युवकसँग विवाह भइसकेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि गौर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP