किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने डा.सिके राउत

दिप खबर
माघ २६, २०७८

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । बुधवार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । ‘पहिले किसान आन्दोलनको माग सम्बोधन हो । अनि मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गरौँ,’ अध्यक्ष राउतले भने, ‘नभए अरू ठाउँमा त भन्न सकिन्नँ । तर तराई–मदेशमा झापादेखि कैलाली कञ्चनपुर सम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौँ ।’


डेढ महिना देखि आन्दोलन जारी रहँदा पनि किसानहरूको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे । उनले किसान आन्दोलनमा उठेका मागहरू दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनु पर्ने भएकाले आफूहरूको माग सङ्घीय सरकारसँग रहेको बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP