एमसीसी विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन हुँदै

माघ २६, २०७८


संसद्मा नरहेका राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । बुधवार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । एमसीसी सम्झौता खारेज गर्नुपर्ने प्रदर्शनकारीको भनाइ रहेको छ ।


एमसीसी अमेरिकी सुरक्षा सैन्य रणनीतिसँग जोडिएको भन्दै राष्ट्रहित विपरीत रहेको उनीहरूको जिकिर छ । प्रदर्शनमा सहभागीहरूले ‘एमसीसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’लगायत नारा लगाएका थिए । नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासहितमा आबद्धहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP