महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजु काठमाण्डौको संयुक्त टोलीले ठुलो परिणामको स्रोत नखुलेको रकम पक्राउ गरेको छ । काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं १६ बाइपास स्थित ओरालो बाटोमा चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा उनन्सत्तरी लाख उनान्सय हजार रुपैयाँ पक्राउ गरेको प्रहरीले बताएको छ ।
नुवाकोट ककनी गाउँपालिका ३ चाउथे घर भएको वर्ष २९ को नवराज ढुङ्गानालाई नगद सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP