निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गर्ने विषयमा छलफल गर्ने

माघ २६, २०७८

आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग आज बुधवार दिउँसो १ बजे  छलफल गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको उनले बताएका छन् । उनका अनुसार यो सामान्य छलफल मात्रै हो । 


‘सम्भावना के छ भनेर सामान्य छलफल गर्न लागेको हो । निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागिहालेको भन्ने होइन,’ प्रवक्ता पौडेलले भने, ‘नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेको हो ।’त्यस्तै, ठुलो क्षेत्रमा नभए सानो क्षेत्रमा मात्रै भए पनि गर्न सक्ने सम्भावना के कति छ भन्ने बुझ्न खोजिएको उनले बताएका छन् । बैठकमा यसका चुनौतीका विषयमा पनि छलफल हुने प्रवक्ता पौडेलले बताए । सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP