सुनसरीमा स्कारपिओ दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते 

माघ २६, २०७८


सुनसरीमा मङ्गलवार राति स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मङ्गलवार राति ८ः५० बजेतिर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कोसी गाउँपालिकामा पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ००३१ नम्बरको स्कारपिओ सडकमा रोकेर राखिएको बिआर ०१ जिए ४४८३ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको प्रहरीले  जनाएको छ ।

पछाडिबाट ठोक्किएर अनियन्त्रित बनेको स्कारपिओ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अर्को ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किँदा स्कारपिओमा सवार सप्तरीको हनुमाननगर कङ्कालिनी–५ का ५० वर्षीय दिलीप मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा हनुमाननगर कङ्कालिनी ५ का ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार राजक, ४८ बर्सिया रामकुमारीदेवी रजक र ५० वर्षीय उमेशकुमार साफी घाइते भएका छन् । घाइतेमध्ये लक्ष्मणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । 


स्कारपिओको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP