पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको सातौँ स्मृति दिवस आज माघ २६ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान निर्माणको अगुवाइ समेत गरेका पूर्व प्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगन्जस्थित निवासमा निधन भएको थियो ।
कोइरालाको स्मृति दिवसका अवसरमा आज माग २६ गते नेपाली काँग्रेस र शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्दै स्मृति दिवस मनाउँदै छन् । यसैबिच प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाप्रति श्रद्धा व्यक्त गरेका छन् । कोइरालाले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका आफूहरूका लागि प्रेरणादायी हुने देउवाको भनाइ रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP