विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ ।
भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९ माघका लागि तय गरिएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । त्यसपछि आज बुधवार भन्सार विभागले सूचना सार्वजनिक गरेर नयाँ मिति तय गरेको हो ।
२८ फागुन दिउँसो २ बजे लिखित परीक्षा तय भएको छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेको भने छैन । भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो । पुराना भन्सार एजेन्टले नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP