विराटनगर ट्युबेल (कल) मर्मत गर्ने क्रममा करेन्ट लागेर मोरङको रङ्गेली नगरपालिका–८ मा मङ्गलवार साँझ एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा रङ्गेली–८ का ५५ वर्षीय मङ्गलु ताजपुरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताएका छन् ।
स्थानीय अर्जुन दाहालको घरमा ट्युबेल मर्मत गर्दै गर्दा करेन्ट लागेर ताजपुरिया गम्भीर घाइते भएका थिए । घाइते भएका उनको उपचारका क्रममा रङ्गेली अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP