सुनसरीको खनार स्थित रेडक्रस उपशाखामा नयाँ नेतृत्व चयन गर्ने विषयमा लफडा भएको छ । पार्टीका आ-आफ्ना प्यानल नै बनाएर चुनाव लडेका सभापति पदको मत गणनामा विवाद उत्पन्न भएको हो ।
गत २२ गते भएको चुनावमा दुवै पक्षले एक अर्कामा विवाद बढाउँदै लगेपछि मतगणना सकिए पनि विजयी उमेद्धारको नाम घोषणा गर्न निर्वाचन समितिले सकेको छैन । सूर्य चौधरी र हेमन्त कट्टेल बिच प्रतिस्पर्धा भएको थियो । अन्य पदको मतगणना अनुसार नै टुङ्गो लागेको थियो । तर ४ दिन बितिसक्दा पनि निर्वाचन समितिले के गर्ने भन्ने अडान लिन सकेको छैन ।
जम्मा ५३७ मत मत मध्ये ४४२ मत खसेको थियो । त्यसमध्ये ११ मत बदर भएको थियो । बाँकी ४३१ मा चौधरीले २१६ मत पाएका थिए । कट्टेले पनि २१६ मत नै ल्याएका थिए । बराबर मत ल्याएपछि कसरी बढी सङ्ख्या आयो भन्ने विवाद बढ्दै गएको हो । कट्टेलले फेरी मतगणना हुनु पर्ने माग गरेका छन् । उनले निवेदन निर्वाचन अधिकृतले बुझिसकेकाले आफुँ मत फेरी गणना अडानमा रहेको बताए । उनले अगाडी देखि नै मत गन्दा तलमाथि भएको भन्दै अडानबाट पछि नहट्ने बताए । चौधरी भने आफू १ मतले विजयी भएको भन्दै फेरी मतगणना नगर्ने पक्षमा छन् । उनले भएको परिणाम निर्वाचन समितिले टाँस गर्नु पर्ने बताएका छन् ।
निर्वाचन अधिकृत चन्द्र गिरीले चुनावमा सामान्य विवाद बढ्दै गएपछि उत्कर्षमा पुगेको बताए । उनले कट्टेलले पक्षका मत गन्ने प्रतिनिधिले १ मत थप गरेपछि समस्या भएको बताए । २१५ र २१६ हुँदा कट्टेलले पक्षले १ मत थपेर बराबर बनाएपछि मत परिणाम अन्योलमा परेको बताए । उनले ४ दिन बिती सक्दा पनि कुनै समाधान ननिस्किएपछि रेडक्रस जिल्ला शाखालाई प्रतिवेदन बुझाएको बताए । उनले भने ‘मेरो अधिकार भन्दा माथि गई सक्यो जे गर्छ जिल्लाले गर्छ ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP