सरकारले विराटनगर–१८ क्षेत्रलाई वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्‍यो 

माघ २५, २०७८


सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो । 


सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी विराटनगर महानगरपालिका–१८ को क्षेत्रलाई वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको हो । सोमबारकै मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP