राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । थापाले गृह जिल्ला मकवानपुर पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । राप्रपाको एकता महाधिवेशनमा थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । पराजित भएसँगै उनी असन्तुष्टि थिए ।
थापाले महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका थिए । आफ्नो माग पूरा नगरेको भन्दै थापाले पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP