सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको १० दीन पछि शव फेला

माघ २५, २०७८


सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । उदयपुरको कटारी नगरपालिका-४ का २७ वर्षीय रवीन तामाङको शव फेला परेको हो । तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका-१४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


तामाङ १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका-४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी बेपत्ता भएसँगै इलाका प्रहरी कार्यालय कटारीको टोलीले खोजतलास गरेसँगै उनको शव फेला परेको हो । शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाउको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP