धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलका अनुसार ताप्लेजुङको याङवरकी ६५ बर्सिया महिलाको उपचारको क्रममा मङ्गलवार बिहान साढे ३ बजे मृत्यु भएको हो । माघ २३ गते कोरोना सङ्क्रमण पुष्टि भएकी महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । ती महिलाले कोरोना विरुद्धको एक डोज पनि खोप नलगाएको पाइएको डा.पोखरेलले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP