बाघको आक्रमणमा परेर मर्यो गैँडाको बच्चा

माघ २५, २०७८


चितवनमा बाघको आक्रमणमा परेर गैँडाको बच्चा मरेको छ । बाघले शरीरका विभिन्न भाग खाएकाले बच्चाको लिङ्ग भने पहिचान हुन नसकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा बाघले आक्रमण गर्दा अन्दाजी एक वर्षको गैँडाको बच्चा मरेको हो । गस्तीमा गएको टोलीले निकुञ्जको बाघमारा पोस्ट नजिक रहेको काभ्रेताल क्षेत्रमा सोमबार मृत अवस्थामा फेला पारेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP