बेलायतबाट २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज काठमाडौँ आइपुग्यो

दिप खबर
माघ २५, २०७८


बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज काठमाडौँ आइपुगेको छ । नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्विटर मार्फत यो जानकारी दिएकी हुन् ।


‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्विटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’


बाँकी खोपहरू केही दिनभित्रै काठमाडौँ आइपुग्ने जनाइएको छ । ‘यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP