नेपालबाट तस्करी हुन लागेको ५ हजार केजी केराउ सहित एक विदेशी नागरिक प्रहरीको नियन्त्रणमा

माघ २५, २०७८

नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठुलो परिमाणमा केराउ सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ  ।


कपिलवस्तुको मर्यादपुर प्रहरी चौकीबाट चेकिङमा खटिएको टोलीले नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको ट्रकलाई रोकेर चेक गर्दा ५ हजार केजी केराउ बरामद भएको हो । युपी ५५ टी २२९५ नम्बर ट्रकमा पाँच हजार केसी केराउ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।


प्रहरीले भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएको छ । आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP