गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का साइला घले र वडा नम्बर २ का करण घले गत बिहीबार देखी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू दुवै १६ वर्षका हुन् । हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरू लाप्राक गएका थिए ।
छोरा हराएको भन्दै आफन्तले २३ गते बारपाक प्रहरी चौकीमा र जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत बुझाएका छन् ।
उनीहरूको खोजी कार्य तीव्र पारिएको डिएसपी प्रकाश दाहालले बताए । ‘हराएकामध्ये करण भन्नेले मोबाइल लगेको रहेछ, तर फोन सम्पर्क हुँदैन, हामीले मोबाइल ट्रयाकिङको प्रयास गरिरहेका छौँ,’ उनले भने । उनीहरू आफन्तकोमा गएको पनि हुनसक्ने भएकाले सबैतिर सम्पर्क पनि गरिरहेको डिएसपी दाहालले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP