नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् । महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगर देखि जनकपुरसम्म रेल चलाइने छ ।
उनले भने– फागुन १ गतेदेखि ड्राई रन रेल चलाउने छौँ । बिना यात्रु नियमित रेल चलाउने छौँ । फागुन १० गतेभित्र उद्घाटनको सम्भावना छ । अहिलेसम्मको प्रगति यही हो । उद्घाटनपछि यात्रुसहित रेल चल्नेछ ।’महाप्रबन्धक झाले थपे, ‘रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, केही दिन तलमाथि हुन सक्नेछ । तर, यस पटक रेल चल्छ ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP