पर्साको जिराभपवानी गाउँपालिकामा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा–छोरीको मृत्यु भएको छ ।
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चलाइरहेका विद्याका श्रीमान् अनिल महतो सामान्य घाइते भएका छन् । ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार जिराभवानी गाउँपालिका –४ भवानीपुर टोलकी २७ बर्सिया विद्यादेवी थरुनी र उनकी छोरी ३ बर्सिया अन्नया कुमारी गम्भीर घाइते भएका थिए । छोरीको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको तथा आमाको वीरगन्ज स्थित नेशनल मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा ज्यान गएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
आइतबार साँझ जिराभवानी गाउँपालिका–४ भवानीपुरमा ना ४ त ८१३६ नम्बरको ट्याक्टरले बा ५५ प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टर र चालक पर्साका जगरनाथपुर गाउँपालिका–२ बस्ने सुरेन्द्र राम चमारलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP