नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले मङ्गलवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीका गाडी चल्न नदिने घोषणा गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने माग सहित सोमवार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले आक्रमण गरेको विरोधमा गाडी चल्न रोक लगाएको अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले बताए ।
मङ्गलवार बुटवल बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन कार्यक्रममा प्रहरी र एमाले निकट अनेरास्ववियुको झडपमा परी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य कृष्ण पौडेल, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएका अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP