सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

दिप खबर
माघ २४, २०७८


सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय र तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ तोकिएको छ ।


आइतबार छापावाल सुन ९२ हजार पाँच सय र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी भने आइतबार भन्दा तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP