देउवाले निर्वाचनको मिति घोषणा गर्न, मन्त्रिपरिषद् बैठक बोलाए

दिप खबर
माघ २४, २०७८


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकबाट आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचमा आजको मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए । यसअघि निर्वाचन आयोगसँगको छलफलमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP