एक युवकले आफ्नै भाउजूको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या

दिप खबर
माघ २४, २०७८


सप्तरीका एक युवकले आफ्नै भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढीका परमेश्वर साहले आफ्नै भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाको राजकुमारीको श्रीमान् रविन साहको आरोप छ ।


२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय परमेश्वरले २७ बर्सिया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिवार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 


प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवर परमेश्वर साह फरार रहेकाले उनको खोजी भइरहेको जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP