राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गरेका छन् । उक्त पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले भने, “उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ ।”
थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ । पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको भनाइ रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP