काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सडकमा पुनः भिडभाड सुरु भएको छ । आज सोमबार देखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएसङै सडकमा सवारीको चाप बढेको हो ।
काठमाडौँ उपत्यका भित्र दैनिक ८ लाख भन्दा बढी सवारी साधन गुड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । काठमाडौँको सवारी व्यवस्थापनको लागि १ हजार भन्दा बढी ट्राफिक प्रहरी सडकमा खटिएका छन् । आज कोटेश्वर, जमल, जाउलाखेल, कलङ्की लगायत क्षेत्रमा सवारी चाप बढेको देखिन्छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको बैठकले उपत्यकाका तीन जिल्लाको गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको थियो । जोरबिजोर हटेसङै साना ठुला, सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधन गुड्न सुरु भएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP