हिउँमा फसेका ३४ जना नागरिकलाई राहत दिएर फर्कियो हेलिकोप्टर

माघ २४, २०७८


जुम्लाको तातोपानी गाउँपालिका-८ मा हिउँमा फसेका ३४ जना नागरिकहरूलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सर्वसाधारण बिहीबार देखि परेका भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकोप्टर मार्फत राहत वितरणको व्यवस्था मिलाएको हो ।


हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बताइन । ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिस्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताइन । उनले भनिन्, ‘राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सकुशल रहेको अनुमान छ ।’


हेलिकोप्टर ल्यान्ड गर्ने अवस्था नभए पछि राहत वितरणको व्यवस्था मिलाइएको प्रसाईँले बताइन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP