सिंहदरबारनजिकै कालो बेलुन उडाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा लगायतलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको जनाइएको छ । आज (आइतबार) सिंहदरबारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर युवा सङ्घले सरकारको विरोध गरेको थियो । स्थानीय तह निर्वाचनको मिति घोषणामा सरकारले ढिलाइ गरेको, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि गरिएको भन्दै विरोध स्वरूप कालो बेलुन उडाइएको युवासङले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP