विराटनगर प्रदेश नम्बर–१ मा मन्त्री थपिएको विरोधमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा आबद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । प्रदेश–१ मा सात मन्त्रालय फुटाएर १३ बनाइएकोले विरोधमा उत्रिएको युवा सङ्घका नेता मुकेश बुढाथोकीले बताए ।
कार्यालय प्रवेश गर्ने सडकमा अवरोध गर्दै आईतवार बिहान देखिनै उनीहरूले प्रदर्शन गरिरहेका छन् । कोसी राजमार्गको ढाटनजिकबाट प्रदेश प्रमुखको कार्यालय छिर्ने सहायक सडकमा त्रिपाल ओछ्याएर विद्यार्थी धर्नामा बसेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP