दाङमा स्थानीयलाई त्रसित पारेको आरोपमा सात जना पक्राउ

दिप खबर
माघ २३, २०७८


दाङको तुलसीपुरमा स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान करिब ५ बजे तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरमा रहेको खाली गोठबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली, २१ वर्षीय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत र १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेको प्रहरीले जनाएको छ ।


प्रवक्ता रिजालका अनुसार रक्सी सेवन गरी नक्कली पेस्तोल देखाएर स्थानीयलाई त्रसित पारेको आधारमा तुलसीपुर इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 


त्यस्तै उनीहरूको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्तोल जस्तो देखिने लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP