जुम्लामा हिउँमा फसे ५५ जना, उद्धारका लागि हेलिकोप्टर पठाइँदै

दिप खबर
माघ २३, २०७८


जुम्लाको तातोपानी गाउँपालिका-८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटी सल्ला र ध्वनि लेकमा ५५ जना हिउँमा फसेका छन् । २० माघको हिमपातका कारण सेतक चिनी (खिरउलो) टिप्न गएका उनीहरू हिउँमा फसेका हुन् । उनीहरूको उद्धारका लागि कर्णाली प्रदेश सरकारले  हेलिकोप्टर पठाउन तयारी गरेको हो । गाग्रा लेकमा फसेका ५५ जनाको राहत तथा उद्धारका लागि तत्काल ड्राइफुड सहित नेपाली सेनाको सानो हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।


चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको स्थानीय मुख्यमन्त्री सुरतबहादुर शाहीले जानकारी दिए । हिउँमा फसेका मध्ये जैकुवाँरा शाही र तातोपानी ७ बाह्रगाउँका मनबहादुर रावतको चिसोमा कारणले मृत्यु भएको  शाहीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP