प्रदेश १ मा मन्त्रीमण्डल विस्तार हुँदै, को को बन्दै छन् मन्त्री ?

दिप खबर
माघ २३, २०७८

 
प्रदेश १ मा मन्त्रीमण्डल विस्तार हुँदै छ । गठबन्धन श्रोतका अनुसार प्रदेश १ मा सातबाट मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो । तर भागबन्डा नपुगे पछि पुन मन्त्रालय फुटाएर १३  बनाएको छ । आज नेकपा एस र काङ्ग्रेसबाट ३–३ र माओवादी केन्द्रबाट दुई जनाले शपथ ग्रहण गर्नेछन् । माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्नेछन् । नेकपा एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु, उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् । मन्त्रीहरूको आजै शपथ ग्रहण गर्ने तयारी छ ।


नेपाली काङ्ग्रेसबाट प्रतापप्रकाश  हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् । मन्त्री बन्नेको नाम लगभग फाइनल भएको बताइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार मन्त्रालय विभाजन गरिएको हो ।

सञ्चार मन्त्रीको जिम्मेवारी उपेन्द्र घिमिरेले पाउने बताइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP