जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

दिप खबर
माघ २३, २०७८


जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । माघ २० गतेदेखि परेको हिमपातबाट ३८ बर्सिया जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हो । सो घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एक दिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP