प्रेस चौतारी सुनसरीद्धारा दुई हकरलाई साइकल प्रदान, इटहरी नगर इन्चार्जमा पौडेल चयन

दिप खबर
माघ २२, २०७८

प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरी जिल्ला शाखाले २ जना हकरलाई साइकल प्रदान गरेको छ ।

प्रेस चौतारी सुनसरीले शनिबार धरानमा एक कार्यक्रम आयोजना गरि धरान र इटहरीका दुई हकरलाई साइकल वितरण गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए ।

प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेलले पत्रिका घरमा पुर्याउदै आएका वितरकलाई सहजताको लागि वितरण गरिएको बताइन् । पत्रिका आम पाठकमाझ पुर्याउन महत्वपुर्ण भुमिका हुने तर आवश्यक साधनको अभावले हकरहरु समस्यामा हुने भएकोले साइकल वितरण गरिएको उनले बताइन् ।

प्रेस चौतारी सुनसरीले इटहरी नगर ईन्चार्जमा विकल पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ । आज ( शनिबार) धरानमा बसेको चौतारीको पहिलो पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बराहक्षेत्रमा विजय राई र धरानमा सञ्जु राईलाई इन्चार्जको जिम्मेवारी दिएको प्रेस चौतारी जिल्ला अध्यक्ष शुभद्रा प्याकुरेलले जानकारी दिइन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP