सुनसरीको कोशी गाउँपालिकामा यात्रुबाहक बस र ट्रक एकआपसमा ठाक्किदाँ दुवै सवारी चालकको मृत्यु, अन्यको खोजी कार्य हुदैं

दिप खबर
माघ २१, २०७८

पुर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका १ लोैकहीको खुनिया पुल स्थित ट्रक र बसबीच एकआपसमा ठक्कर हुँदा दुवै सवारी चालकको मृत्यु भएको छ ।
पुर्वको काकडभित्ताबाट पश्चिम काठमाण्डौ जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक गाडी एकआफसमा ठक्कर हुँदा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवजै चालकको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पुर्ण रुपमा नष्ट भएका छन् । बसमा के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खोजी गईरहेको पाण्डेले बताए । मृतकको संखाय बढ्न सक्ने उनले बताए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले घटना स्थलमा पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको छ ।

आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले आगोलाई नियन्त्रण लिने प्रयास गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जानकारी दिएको छ ।
प्रतिकुल मौसम र तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाई छ । अहिले सो सडक पुर्ण रुपमा अबरुद्ध छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP