इटहरीमा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घले मुख्यमन्त्रीलाई देखाए कालो झण्डा

दिप खबर
माघ २१, २०७८


प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी सङ्गठनले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा सुनसरी इनचार्न जीबी गजलको नेतृत्वमा आएका विद्यार्थीहरूको समूहले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा शुक्रवार अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घले इटहरीमा मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाएका हुन् । 


प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम प्रदेश १ तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ ।


हिजो बिहीबार पनि विराटनगर आएका मुख्यमन्त्री राईलाई विराटनगर एयरपोर्टबाट मुख्यमन्त्रीको कार्यालय आउने क्रममा कञ्चनबारी एरियामा अनेरास्ववियुका विद्यार्थी नेताले कालो झण्डा देखाएका थिए । ठुलो सङ्ख्यामा परिचालित प्रहरीले उनीहरूलाई रोकेको थियो भने मुख्यमन्त्रीको गाडी क्रस गरिसके पछि विद्यार्थीहरूले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP