दाङमा प्रहरीको “सइ हुँ” भन्दै लुटपाट गर्ने एक जना पक्राउ

दिप खबर
माघ २१, २०७८


दाङमा प्रहरीको सइ हुँ भन्दै लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही–१७  करजाई निवासी २५ वर्षीय अनिल  पुन रहेका छन् । सोमबार राति करिब १० बजे कोठातर्फ जाँदै गरेको अवस्थामा मार्सल पुनमगर र सन्तोष खड्कालाई उनीहरूले प्रहरीको सइ हौँ, खानतलासी गर्नुपर्छ भन्दै उनीहरूको साथमा रहेको दुई थान मोबाइल र चार हजार नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।


रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा आएका  दुई व्यक्तिले अपशब्द प्रयोग गरी हातपात समेत गरेका भनी उजुरी परेको थियो । धम्की दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शङ्कास्पद अवस्थामा फेला पारी बयान लिँदा अनिल पुनले प्रहरीको सइ हुँ भन्दै लुटपाट गरेको स्वीकार गरेका रिजालले बताए । रिजालका अनुसार उनको साथबाट लुटिएको मोबाइल समेत बरामद गरिएको छ । 


यसअघि पनि घोराही उपमहानगरपालिका– १५ क्षेत्रमा ‘सइ हुँ’ भन्दै धम्की दिएर ठगी गर्ने स्थानीय रामबहादुर बस्नेत पक्राउ परेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP