ई–पासपोर्ट बनाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–५ घर भएका ३५ वर्षीय मनोज सापकोटा छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आएका सर्लाहीका सोमबहादुर स्याङतानलाई उनले सहज रूपमा ई–पासपोर्ट बनाइदिने भनेर माघ १८ गते १२ हजार रुपैयाँ लिएर भागेका थिए । भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
आरोपी विरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP