साझेदारहरूको हत्याको आरोपमा मण्डल सहित तीन जना सार्वजनिक

दिप खबर
माघ २१, २०७८

मोरङमा आफ्ना साझेदारहरूको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डल सहित तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले मण्डलका साझेदारहरू राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


प्रहरीले आज शुक्रवार बिहान पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौँको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिननाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो । यीमध्ये अनिल मण्डल मुख्य आरोपी रहेका र अन्य उनका सहयोगीहरू रहेको प्रहरीले बताएको छ ।


श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउन्डमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो  ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP