इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतम सुत्केरी भेट्न टोल टोल पुगेकी छन् । “सुत्केरी भेट कार्यक्रम” अन्तर्गत उपमेयर इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई पौष्टिक खाना सहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ३, ६, ७, ८ र ९ का १० जना सुत्केरीलाई पोसिलो खानेकुरा, आमा र बच्चालाई न्यानो कपडा सहित भेटघाट उपमेयर गौतमले गरेकी हुन् ।
दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्ने परिवारमा कोरोना महामारीले जटिलता भइरहेको वेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा गाँउवासीनै भेला भएर खुसी मनाएका छन् । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको सङ्ख्या समेत बढ्ने देखिन्छ । उपमेयर सुत्केरी भेटघाट कार्यक्रम एउटा सकारात्मक पक्ष रहेको स्थानीयको बुझाई रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP