जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरको क्षति

दिप खबर
माघ २१, २०७८


झापाको मेचीनगरमा रहेको एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।


उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकल लगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको प्रहरीले बताएका छन्  । ११ वटा आगो निभाउने यन्त्र प्रयोग गरिएको प्रवक्ता पाठकले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पाँच घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP