मन्त्रालय थप्ने निर्णय विरुद्ध अनेरास्ववियुले देखायो मुख्यमन्त्रीलाई कालोझण्डा

दिप खबर
माघ २०, २०७८

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएको छ ।

काठमाडौंदेखि विराटनगर आएका मुख्यमन्त्री राईलाई विराटनगर एयरपोर्टबाट मुख्यमन्त्रीको कार्यालय आउने क्रममा कञ्चनबारी एरियामा अनेरास्ववियुका विद्यार्थी नेताले कालो झण्डा देखाएका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई रोकेको थियो भने मुख्यमन्त्रीको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए ।

प्रदेश १ मा मन्त्रीहरु थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्ववियुका नेता भाष्कर खनालले बताए । त्यसक्रममा प्रहरीले धरपकडसमेत गरेको उनले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP