इटहरी उपमहानगरपालिकाका जग्गादाता हेमनारायण चौधरीको मृत्युमा :१ दिने शोक बिदा

दिप खबर
माघ २०, २०७८

इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको मृत्यु भएको छ । जग्गादाताको मृत्युको शोकमा  इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरूमा आज (बिहीबार) शोक बिदा गरिएको हो । उपमहानगरपालालिका परिसरमा बिहीबार बिहान शोक सभा गरेर शोक बिदा दिइएको हो । 


चौधरी परिवारले तत्कालित इटहरी गाँउपञ्चायत रहँदै करिब तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । 


शोक सभामा बोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको संवृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंसा गरेका छन् । 


इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिक इटहरी अस्पताल परिसरमा भोलि देखिनै निर्माण सुरु गर्ने उपमहानगरका प्रमुख चौधरीले बताएका छन् । 


उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानका बारेमा बताउँदै जग्गादाताका नाममा स्मृति भवन, सभा हल बनाउने नीतिगत निर्णय नै भएको जानकारी बताएकी छिन् । 


इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल, राधाकृष्ण मन्दिर  लगायतका लागि जग्गा प्रदान गर्ने चौधरी परिवारका हेम नारायण चौधरीको माग १८ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP