मोरङ/ गत १४ माघमा एउटा ९० बर्सिया जगमाया श्रेष्ठको खोजतलासका लागि इलाका प्रहरी कार्यालय पथरी, मोरङमा जगमाया श्रेष्ठका छोरा ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ निवेदन दीन आएका प्रहरीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक दीपक श्रेष्ठका अनुसार अनुसन्धानको क्रममा छरछिमेकमा सोधपुछ गर्दा कमल र उनकी आमा बिच जग्गा को नीउमा विवाद भएको कुरा खुल्यो ।
उक्त जानकारी पस्चात जगमायाका छोरा कमल श्रेष्ठसँग अनुसन्धान सुरु गरेर प्रहरीलाई यथार्थ घटना थाहा भएको हो ।प्रहरी नायव परीक्षक दीपक श्रेष्ठका अनुसार कमल श्रेष्ठले माघ १२ गते बिहान ४ बजे उनकी आमा जगमायालाई आँगनमा घाँटी थिचेर हत्या गरे । हत्या पस्चात शवलाई प्लास्टिकमा पोको पारेर सामुदायिक वनमा जलाएको कुरा खुलाएका हुन् । जलाउँदा बाँकी रहेको शवको अवशेष लाई प्रहरीले परीक्षणको लागी विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाएको छ । घटनाको मूल कारण जग्गा विवाद रहेको खुलेको छ ।
बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा कमलले सुटुक्क श्रीमतीको नाममा दर्ता गरेको खुले पछि आमा जगमाया र दाइले अदालतमा मुद्दा दर्ता गरेको थिए । अदालतले आमाको नाममा पाँच कट्ठा जग्गा हुने भन्ने फैसला गरे पछि आमाको हत्या गर्न पुगेको देखिएको डिएसपी श्रेष्ठले बताएका छन् । प्रहरीले जिल्ला अदालत मोरङबाट छोरा कमल विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि १० दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP