१२ बर्सिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालबालिका फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP