परराष्ट्रमन्त्रीलाई अनेरास्ववियुका कार्यकर्ताहरुले गृह जिल्लामा देखाए कालोझण्डा

दिप खबर
माघ २०, २०७८


नेकपा एमाले निकट अनेरास्ववियुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई गृह जिल्ला उदयपुरमा कालोझण्डा देखाएको छ । बिहीबार बिहान गृह जिल्ला पुगेका खड्कालाई अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ, अनेरास्ववियु उदयपुर अध्यक्ष भुवन दाहाल र अनेरास्ववियु उदयपुर सचिवालय सदस्य अश्विन कार्की सहितको टोलीले बाटोमा कालो झण्डा देखाएका हुन् । 


कालो झण्डा देखाउने क्रममा उनीहरू पक्राउ परेका छन् । तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै अनेरास्ववियुले देशभरबाट सरकारलाई दबाब दिइरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP