झापाको जुत्ता उद्योगमा आगलागी

दिप खबर
माघ २०, २०७८

झापाको जुत्ता उद्योगमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मेचीनगर नगरपालिका ६ स्थित श्याम खेताङले सञ्चालन गरेको एसएस फुटवेर जुत्ता उद्योगमा बिहीबार बिहान पौने १२ बजे आगलागी सुरु भएको हो । 


आगलागी नियन्त्रणको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, बिर्तामोड र भद्रपुर नगरको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

अजै आगो नियन्त्रणमा आउन सकेको छैन । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP