बर्दियामा यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते

दिप खबर
माघ २०, २०७८


बर्दियामा यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । बिहीबार बाँसगढी नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्गमा बस सडक किनारमा पल्टिएको हो । बिहीबार बिहान कालिकोटबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरू मध्ये ११ जनालाई थप उपचारको लागि कोहलपुर लगिएको प्रहरीले जनाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP